भक्तपुरको खरिपाटीस्थित क्यारेन्टाइनबाट बाँकी रहेका २३ घर फर्किए – Himalayan Dainik

भक्तपुरको खरिपाटीस्थित क्यारेन्टाइनबाट बाँकी रहेका २३ घर फर्किए


भक्तपुरको खरिपाटीस्थित क्यारेन्टाइनबाट बाँकी  रहेका २३ घर फर्किए

भक्तपुर, २६ चैत – भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई मंगलवार घर पठाइएको छ । कोरोना प्रभावित बिभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।

यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्मपुर्याउने व्यबस्था गरेको प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । यसअघि हिजो ७३ जनालाई घर फर्काईएको थियो ।