सेनाले गर्‍यो स्वास्थ्य सामग्री खरिदका लागि पाँच देशलाई पत्राचार – Himalayan Dainik

सेनाले गर्‍यो स्वास्थ्य सामग्री खरिदका लागि पाँच देशलाई पत्राचार


सेनाले गर्‍यो स्वास्थ्य सामग्री खरिदका लागि पाँच देशलाई पत्राचार

काठमाडौँ, २६ चैत – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि क्राइसिस म्यानेजमेन्ट टिम (सिसिएमसी)ले तयार पारेको स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि नेपाली सेनाले पाँच देशलाई पत्राचार गरेको छ ।

नेपाली सेनाका सहायक रथी तथा सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार स्वास्थ्य सामग्रीका लागि चीन, दक्षिण कोरिया, सिंगापुर, इजरायल र भारतलाई पत्राचार गरिएको हो । स्वास्थ्य सामग्रीको सूचीका आधारमा पाँच देशलाई पत्राचार गरिएको बताउँदै प्रवक्ता पाण्डेले भन्नुभयो, ‘सेनाको पत्र परराष्ट्र मन्त्रालयले मंगलबार फरवार्ड गरेको जानकारी पाएका हौं ।’