राष्ट्रपतिद्वारा बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाभको कामना – Himalayan Dainik

राष्ट्रपतिद्वारा बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाभको कामना


राष्ट्रपतिद्वारा बेलायतका प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाभको कामना

काठमाडौँ, २६ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका महारानी एलिजाबेथलाई एक सन्देश पठाउदै प्रधानमन्त्री बोरिस जोनसनको शिघ्र स्वास्थ्यलाभको कामना गरेकी छन ।

राष्ट्रपति भण्डारीले आज महारानी एलिजाबेथलाई एक सन्देश पठाउनुहुँदै कोरोनाबाट संक्रमित प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाभको कामना गरेकी हुन ।

उक्त सन्देशमा भनीएको छ, ‘नेपाल र बेलायतबीचको युगौ पुरानो सम्बन्ध र आपसी सहयोगका क्षेत्रहरु बिस्तारित हुँदै आएका छन् । कोरोनाको महामारीसँग जुधन विश्व एकजुट हुनुपर्दछ ।’