एनसेलमा ब्यालेन्स सकियो भने यसरी गर्नुस् अनलाइनबाट रिचार्ज – Himalayan Dainik

एनसेलमा ब्यालेन्स सकियो भने यसरी गर्नुस् अनलाइनबाट रिचार्ज


एनसेलमा ब्यालेन्स सकियो भने यसरी गर्नुस् अनलाइनबाट रिचार्ज

काठमाडौँ, २६ चैत – एनसेलले ग्राहकलाई सजिलै आफ्नो वेबसाइट मार्फत ब्यालेन्स रिचार्ज गर्न सकिने सुविधा दिँदै आएको छ ।

यसमा घर बाहिर गएर रिचार्ज कार्ड किन्न पर्ने झन्झट छैंन र एनसेलले हाल दिँदै आएको बोनस ब्यालेन्सको पनि फाइदा पाइन्छ । यसरी रिचार्ज गर्नका लागि तल उल्लेखित प्रक्रिया क्रमैसँग अपनाउनु पर्दछ ।

एनसेलको वेबसाइट https://www.ncell.axiata.com/ मा जानुहोस् । त्यहाँ तपाँईले अनलाइन रिचार्ज गर्नका लागि तल रिचार्ज अनलाइन भन्ने अप्सन पाउनुहुनेछ त्यसमा ट्याप/क्लिक गर्नुहोस् । ट्याप गरिसकेपछि नयाँ पेज https://payment.ncell.axiata.com/  खुल्दछ । यो पेजमा तर्पाइँले डेबिट÷क्रेडिट कार्ड रिचार्जको अप्सन पाउनुहुनेछ । अब तपाँईले आफ्नो मोबाइल नम्बर राखेर रिचार्ज गर्न चाहेको रकम ट्याप गर्नुहोस् । त्यसपछि I am not a robot भन्नेमा टिक गरी कन्टिन्यू पेमेन्टमा ट्याप गर्नुहोस्।

त्यसपछि रिचार्ज गर्न लागिएको मोबाइल नम्बर र रकम देखाउँछ । यसमा कुनै फेरबदल गर्नु आवश्यक नभए प्रोसिड टु पे मा ट्याप गनुहोस् । यसरी पेमेन्ट प्रोसेस गरे पछि अब एउटा नयाँ पेज खुल्छ र यसमा तपाँईले आफ्नो कार्ड नम्बर, कार्ड भ्यालिड रहने महिना/वर्ष, कार्डमा उल्लेख भएको तपाँईको पुरा नाम, कार्डको सीभीभी (कार्डको पछाडी भागमा हुने नम्बर) र आफूले चलाउँदै आएको इमेल ठेगाना भर्नुहोस् र ओकेमा ट्याप गर्नुहोस् ।

त्यसपछि वन टाइम पासवर्ड (ओटीपी) राख्नका लागि जानकारी दिदै नयाँ पेज खुल्छ । यहाँ अब तपाईले माथि दिएको इमेलमा आएको ओटीपी नम्बर इन्टर ओटीपी हियर भनेको स्थानमा भर्नुहोस् र सबमिटमा ट्याप गर्नुहोस् ।  अन्त्यमा ओटीपी कोड राखेर सबमीट गरिसकेपछि सो प्रक्रिया समाप्त भएको जानकारी सहित ‘सक्सेस’ देखाउँछ र तपाँईको रिचार्ज गरिएको रकम, मोबाइल नम्बर र कारोबार आईडी समेत त्यसमा उल्लेख गरिएको हुन्छ ।

यति गरेपछि तपाँईको मोबाइलमा ब्यालेन्स रिचार्ज भएको जानकारी आउँछ । एनसेल वेबसाइट बाहेक एनसेल एप र अन्य अनलाइन माध्यमहरु जस्तै इसेवा, खल्ती, आइएमइपे र प्रभुपेबाट पनि ब्यालेन्स रिचार्ज गर्न सकिने एनसेलले जनाएको छ ।