बेलायती प्रधानमन्त्रीको स्वास्थ्यस्थिति कस्तो छ ? – Himalayan Dainik

बेलायती प्रधानमन्त्रीको स्वास्थ्यस्थिति कस्तो छ ?


बेलायती प्रधानमन्त्रीको स्वास्थ्यस्थिति कस्तो छ  ?

लन्डन, २५ चैत –  बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई हालसम्म भेन्टीलेटरमा राख्न नपरेको जनाइएको छ । लन्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराइरहेका जोन्सनलाई आइतबार कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनको अवस्था गम्भीर भएपछि आईसीयूमा सारिएको जनाइएको थियो ।

आईसीयूमा सारिएपछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई सामान्य अक्सिजन दिनु परे पनि भेन्टीलेटरमा भने राख्न नपरेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री जोन्सनका प्रवक्ता डाउनिङ स्ट्रीटले उनको स्वास्थ्यस्थिति रातभर स्थिर रहेको बताए, उनलाई अक्सिजन दिइए पनि भेन्टीलेटरमा भने राख्न नपरेको बताए । उनलाई हालसम्म न्यूमोनिया नदेखिएको पनि प्रधानमन्त्रीका प्रवक्ता स्ट्रीटले जनाएका छन् ।

‘प्रधानमन्त्रीको स्वास्थ्यस्थित रात भर स्थिर रहेको र बलियो आत्मविश्वासका साथ उच्च प्रविधिबाट उपचार भईरहेको छ, कुनै बाह्य सामाग्रीबिना श्वास प्रश्वास लिइरहनुभएको छ,’ प्रवक्ता स्ट्रीटले बताए ।

यसैबीच बेलायती महारानीले प्रधानमन्त्री जोन्सनका परिवार र उनकी गर्भवती संगीनी क्यारि सायमण्डलाई सन्देश पठाउँदै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेको बताएकी छिन् ।