लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरको खाद्यय वितरण सातौँ दिनपनि जारी – Himalayan Dainik

लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरको खाद्यय वितरण सातौँ दिनपनि जारी


लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरको खाद्यय वितरण सातौँ दिनपनि जारी

काठमाडौँ,२५ चैत – लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका संस्थापक अध्यक्ष तथा डिष्टिक ३२५ बि १ क्लसटर ९ का क्लस्टर चिफ लायन सन्दिप पराजुली ज्युको अभियानमा जहाँ आवश्यकता त्यहाँ लायन्सको मुल नारा सहित हामी सेवा गछौ भन्त्रे भावना लिएर खाद्यय वितरण गरेको बताउनु भयो ।

लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरका वर्तमा २०१९,२०२० अध्यक्ष अनिराज भण्डारी २०,२१ का अध्यक्षय रितु कार्की तथा क्लबका डाइरेक्टर ईश्वर कार्की ज्युको संयोजकत्वमा तथा सिनिएर एडभाइजर सेकेन्ड भिडिजीका उम्मेद्धार लायन महेन्द्र पौडेल ज्युको सहभागीतामा लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरले कोरोना भाइरस ९कोभिड ० को संक्रमणका कारण सरकारले गरेको लकडाउनको १० दिनमा खाद्यय वितरण गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसबाट बच्नको लागि सरकारले गरेको लकडाउनका कारण जिवन धान्त्र गाह्रो भइरहेको अवस्थामा दैनिक ज्यालादारी गरि खाने विपत्र वर्गका ५६ घर परिवारलाई चामल,नुन,तेल,साबुन,चिउरा चिनि, दाल तथा अन्य दैनिक अति आवश्यक कुरा वितरण गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरले चैत २० गते बिहान ९बजेदेखि बेलुका ६ बजेसम्म गोल्फुटार,जोरपाटी,चाबहिल,कालोपुल,रातोपुल,मैतिदेवी,लैनचौर,भ्याली कोल्ड स्टोर, नर्सरी चोक खुशिबुँ, वनस्थली, बैद्ध, कुमारीगालमा विपत्र ५६ घर परिवारका २७४ जना सदस्यहरुलाई जो आर्थिक अभावमा भएको,बेरोजगार,दृष्टि बिहिन,अपाड।,वृद्धवृद्धा र बाल बालिकाहरुलाई उनीहररुको बासस्थानमा नै गई खाद्यान्य वितरण गर्ने कार्यक्रम आयोजना गरि लकडाउनको समयमा समस्यामा परेका जो कोही भएपनि सहयोग गर्ने उदेश्यका साथ लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरका सम्पूर्ण सदस्यहरु लागि परेको क्लबका अध्यक्ष अनिलराज भण्डारीले जानकारी दिनुभयो ।

आज सातौँ दिनपनि राहत बाढ्ने काम जारी नै रहयो । दशौ दिनसम्म यो राहात बितरण गर्ने बताउनु हुन्छ संयोजक लायन सन्दिप पराजुली ।