शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ – Himalayan Dainik

शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ


शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

काठमाडौँ, २५ चैत – कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिन सुलभ अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो नक्सालबाट महानरीय प्रहरी अपराध महाशाखाको टोलीले अग्रवाललाई ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गर्न खोजको भन्दै नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका अग्रवालमाथि पाँच हजार रुपैयाँ पर्ने थर्मल गर्न १५ हजार रुपैयाँमा बेच्न खोजेको आरोप प्रहरीको छ । यसका साथै प्रहरीले उनीसंग रहेको ६७ थान थर्मल गन पनि बरामद गरेको छ ।

कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ एचसीसी १ नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।

कीर्गिस्तानमा अवैतानिक महाबाणिज्य दूत समेत रहेका उनले कूटनीतिक नियोगकै नम्बर प्लेट प्रयोग गरेका थिए । स्रोतका अनुसार नक्सालमा २०९८ सीसी वान नम्बरको गाडीमा चढेर अग्रवाल थर्मल गन विक्री गर्न पुगेका थिए । तर, सामान दिन नपाई अग्रवाल समातिए ।