भीरबाट लडेर एक महिलाको मृत्यु – Himalayan Dainik

भीरबाट लडेर एक महिलाको मृत्यु


भीरबाट लडेर एक महिलाको मृत्यु

गुल्मी, २५ चैत – गुल्मीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।

मंगलवार जिल्लाको ईस्मा गाउँपालिका वडा नम्वर २ लल्दीटारको साउठाको भिरबाट घाँस काट्ने क्रममा लडेर ३१ वर्षीया माया पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गाउँमा माईतीमा बस्दै आइरहेको र घर धुर्कोट गाउँपालिका ४ जैसीथोक भएको त्यहाँका वडाध्यक्ष मानबहादुर कुँवरले जानकारी दिनुभयो ।