बैशाख ३ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय – Himalayan Dainik

बैशाख ३ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय


बैशाख ३ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं, २४ चैत – सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन थप्ने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस ९कोभिड(१९०को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

त्यो अवधि पूरा नहुँदै २५ गतेसम्म थपियो । तर, यो अवधिमा कोरोना संक्रमण स्थानीय स्तरमा भेटिएपछि सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत अवतजावतमा कडाइ गरेको थियो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेको थियो ।