कोरोनाको लक्षण लगातार देखिएपछि बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना – Himalayan Dainik

कोरोनाको लक्षण लगातार देखिएपछि बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना


कोरोनाको लक्षण लगातार देखिएपछि बेलायतका प्रधानमन्त्री अस्पताल भर्ना

एजेन्सी,२४ चैत –  कोरोना भाइरसबाट संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ ।

गत २७ मार्चमा कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बस्दै आउनु भएका उहाँलाई चिकित्सकको सल्लाह बमोजिम गए राति अस्पताल भर्ना गरिएको हो ।

बेलायतका प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार प्रधानमन्त्री जोनसनको केही परीक्षणका लागि अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्री जोनसनको दस दिनपछि गरिएको परीक्षणमा पनि कोरोना भाइरस पोजिटिभ देखिएपछि थप सावधानीका लागि यो कदम चालिएको बीबीसीले जनाएको छ ।

स्वास्थ्य समस्याकाबीच पनि उहाँले मन्त्रिपरिषदको बैठक भने गर्दै आउनु भएको बुझिएको छ ।