जनावरका लागि ‘आयंका’को एक लाख सहयोग – Himalayan Dainik

जनावरका लागि ‘आयंका’को एक लाख सहयोग


जनावरका लागि ‘आयंका’को एक लाख सहयोग

काठमाडौँ, २३ चैत – कोरोना संक्रमणपछि नेपाल लकडाउनमा छन् । मानिसहरु घरमै बस्दा सडकमा देखिएको जनावरहरु भने भोकै हुने समस्या बढ्दै गएको छ ।

यसैबीच नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले ‘आयंका फाउन्डेशन’ मार्फत नगद १ लाख सहयोग गरेका छन् । जनावरको खानाका लागि उनीहरुले यो रकम सहयोग गरेका हुन् ।

एनिमल नेपाल नामक संस्था मार्फत उनीहरुले यो नगद सहयोग गरेका हुन् । जनावरलाई ‘एक कचौरा पानी, एक कचौरी खाना’को व्यवस्था यो संस्थाले गर्नेछ । आयंका जोडीले आफूले सकेको सहयोग गर्न र घरमै सुरक्षित बस्न अपिल पनि गरेका छन् ।