कोरोनालाई परास्त गर्न अर्को मोर्चा बनाएर सत्यनास नहुनुहोस् : मन्त्री भट्टराई – Himalayan Dainik

कोरोनालाई परास्त गर्न अर्को मोर्चा बनाएर सत्यनास नहुनुहोस् : मन्त्री भट्टराई


कोरोनालाई परास्त गर्न अर्को मोर्चा बनाएर सत्यनास नहुनुहोस् : मन्त्री भट्टराई

काठमाडौँ, २३ चैत – संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री यागेश भट्टराईले कोभिड–१९ विरुद्धको लडाईमा बेग्ला बेग्लै मोर्चा बनाएर गए त्यो आफुैलाई सत्यानास गर्ने बाटोमात्र हुने बताउनु भएको हो ।

सबै एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले पूर्वप्रधानमन्त्री एंव समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा ‘कोरोना महाव्याधीविरूद्ध सार्वजनिक पहल’ लाई लक्षित गर्दै उहाले भन्नुभएको छ । यद्यपी उहाले यसको नाम भने चर्चा गर्नुभएको छैन ।

‘कोभिड–१९ लाई परास्त गर्न राज्य ९सरकार० को मोर्चाबाट मात्र सम्भब छ । सबैका सकारात्मक प्रयत्नहरु सरकारी कार्बाहीकै वरीपरी केन्द्रित हुनुपर्दछ’, उहाले भन्नुभएको छ, ‘अर्को मोर्चा बनाएर लडाईंलाई दिग्भ्रमीत गर्नु आँफैलाई सत्यानास गर्नु हो । होस् पुर्याउँ । अनुभबबाट कमजोरीहरु सच्चिदै जानेछन ।’