काठमाडौँ, २३ चैत – गायिका आस्था राउत यतिबेला लकडाउनका कारण घरमै छिन् । घरबाटै उनी कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायबारे कविता लेखेर फेसबुकमा सार्वजनिक गरेकी छन ।
यस्तो छ उनको कविता
कोरोना जान्न रोएर, बरू जान्छ धोएर
टाढा टाढै बसौँ साथी, नबसौं छोएर
रुमाल टिस्यु साथै राखौँ, खोकौँ छोपेर
सावधानी अपनाउँ है, हुन्न हेपेर
केही गरौँ केही सोचौँ घरमै बसेर
मनोबल उच्च राखौँ जागरुक बनेर