एनआईसी बैंकमा अनलाईन खाता : पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा नगद फिर्ता – Himalayan Dainik

एनआईसी बैंकमा अनलाईन खाता : पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा नगद फिर्ता


एनआईसी बैंकमा अनलाईन खाता : पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा नगद फिर्ता

काठमाडौँ, २२ चैत – एन आई सी एशिया बैंक लिमिटेडले यस बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा रु ५०० सम्म रकम फिर्ता दिने भएको छ ।

एन आई सी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहक महानुभावहरुले १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सकिने बैंकले जनाएको छ । खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा ग्राहक महानुभावहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सकिनेछ ।

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ जसले गर्दा ग्राहक महानुभावहरुलाई वार्षिक रु १४००० फाइदा हुनेछ । अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ । मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहक महानुभावले रु ५०० सम्म रकम फिर्ता पाउन सक्नुहुनेछ ।

यसबाहेक देशभरका २५०० भन्दा धेरै पसल, रेष्टोरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध छ । यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाउन सकिने बैंकले जनाएको छ ।