भरतपुरको अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ – Himalayan Dainik

भरतपुरको अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ


भरतपुरको अस्पतालमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर, २२ चैत – भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको कोरोना भाइरस परीक्षणको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशंका स्वाब परीक्षणका लागि हेटौंडा पठाइएको थियो ।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमूना हेटौंडामा रहेको प्रयोगशालामा पठाइएको थियो ।

बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएकी राईको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो । कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ। ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिए ।