जिल्ला प्रशासन कार्यालय दाङद्वारा लकडाउन कार्यान्वयनमा कडाइ – Himalayan Dainik

जिल्ला प्रशासन कार्यालय दाङद्वारा लकडाउन कार्यान्वयनमा कडाइ


जिल्ला प्रशासन कार्यालय दाङद्वारा लकडाउन कार्यान्वयनमा कडाइ

दाङ , २२ चैत  – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड – १९ (कोरोना भाइरस) नियन्त्रण गर्न जिल्ला प्रशासन दाङले  कडाइ गर्न थालेको छ । जिल्ला प्रशासन कार्यालय दाङले सबै सहरमा लकडाउन पूर्ण कार्यान्वयन गराउन सबै प्रहरी युनिटलाई परिचालन गरिसकेको छ ।

बिहान र साँझ ५ बजेपछि पनि कसैलाई घरबाट बाहिर ननिस्कन पुनः अपिल गरेको छ । स्थानीय स्तरमा खाद्यान्‍नका पसलहरु समेत पूर्ण रुपमा बन्द गर्न आह्‍वान गरेको छ । नागरिकको स्वास्थ सुरक्षालाई मध्येनजर गर्दै अति आवश्यकभन्दा अरु काममा घरबाहिर निस्कन रोक लगाएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।

“हामीले जिल्लाका बासिन्दाको सुरक्षालाई मध्येनजर गर्दै उच्च सतर्कता अपनाउन सबै तहलाई परिचालन गरिरहेका छौं ,नागरिकले घरभित्र बसेर सहयोग गर्नुपर्‍यो ।” प्रजिअ रिजालले भने, “कोरोना नियन्त्रण गर्ने अभियानमा आजसम्म सबैको भूमिका महत्त्वपूर्ण छ तर भोलि आउन सक्ने भयावह परिस्थितिलाई पनि हामिले समयमै आकलन गर्नुपर्छ ।”

साँझ र बिहान घरबाहिर आवतजावत गर्ने नरोकिएको गुनासो बढेपछि स्थानीय प्रशासनले  घोराही, तुलसीपुर, लमही, भालुबाङ र गाउँहरुमा पनि नागरिकलाई आवतजावत र हिँडडुल गर्न पूर्ण रुपमा रोक लगाएको छ ।

स्थानीय प्रशासनको  अनुमतिबिना लकडाउन उल्लंघन गर्ने जोकोहीलाई पनि स्थानीय प्रशासनले  कानुनअनुसार कारबाही  गर्ने पनि बताईएको छ । लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउन खाद्यान्‍न, तरकारी , डेरी पसलसमेत पूर्ण बन्द गर्न आह्‍वान गरिएको छ