सरकारलाई असफल बनाउन नियोजित षड्यन्त्रमा : अध्यक्ष प्रचण्ड – Himalayan Dainik

सरकारलाई असफल बनाउन नियोजित षड्यन्त्रमा : अध्यक्ष प्रचण्ड


सरकारलाई असफल बनाउन नियोजित षड्यन्त्रमा : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २२ चैत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउन पत्रकार महासंघका महासचिव रमेश विष्टलाई प्रयोग गरेको आरोप लागेको छ ।

नेकपाकै संगठन प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेतले अध्यक्ष प्रचण्डको आदेशमा संघका संयोजक महेश्वर दाहालको माध्यमबाट महासंघका महासचिव विष्टले काठमाडौँ प्रेससँगको विवादमा सरकार विरुद्ध विज्ञप्ती निकाल्न लगाएको आरोप लगाउनुभएको छ । सहसंयोजक बस्नेतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त कुराको पर्दाफास गर्नुभएको हो । उहाँले लेख्नुभएको छ,