भक्तपुरमा पनि कोरोना भाइरसको परीक्षण शुरु, पहिलो परीक्षण नेगेटिभ – Himalayan Dainik

भक्तपुरमा पनि कोरोना भाइरसको परीक्षण शुरु, पहिलो परीक्षण नेगेटिभ


भक्तपुरमा पनि कोरोना भाइरसको परीक्षण शुरु, पहिलो परीक्षण नेगेटिभ

भक्तपुर, २१ चैत – भक्तपुरको मध्यपुर थिमिद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भक्तपुर जिल्ला मै पहिलो पटक कोरोना भाइरसको परीक्षण शुरु गरेको छ ।

अस्पतालले ल्याब स्थापना गरेको दुई हप्तापछि आधिकारिक रुपमा कोरोना भाइरसको परीक्षण सुरु गरेको हो ।

मध्यपुर थिमी नगरपालिकावाट सञ्चालन भएको उक्त अस्पतालले पाकिस्तानवाट फर्किएर क्वारेन्टाइनमा रहेका व्यक्ति कोरोना भाइसरको शंकामा स्वाव परीक्षण गरेको हो । उक्त परीक्षणमा उनको रिर्पोट भने नेगेटिभ देखिएको थियो ।

अस्पतालले पहिलो चरणमा विदेशवाट फर्किएर नगरभित्र बसोवास गर्ने ४० जनाको स्वाव परीक्षण गर्ने तयारी गरेको छ । उनीहरु होम क्वारेन्टाइनमा अस्पतालको निगरानीमा छन ।

नगरपालिकाले शंकास्पद रहेका नगरवासीको कोरोनाको स्वाव परीक्षण समेत गरिने बताउनु भयो । अस्पतालले तत्काललाई टेकुवाट १० किट ल्याएको छ ।

अस्पतालले मोलिकुरल डाइग्नोस्टिक भन्ने संस्थाको सहयोगमा सिंगापुरबाट आएको किटवाट परीक्षण गर्ने तयारी छ । मोलिकुरल डाइग्नोस्टिक भने संस्थासंगको सहकार्यमा ल्याब सञ्चालन गरिएको हो ।

यस अस्पतालमा कोरोना भाइरसको परीक्षण ल्याबसंगै एम्बुलेन्स, क्वारेन्टाइनदेखि आइसोलेसन सम्मको तयारी अवस्थामा रहेको छ ।

यहाँ मलेकुलर ल्याब र हिस्टो ल्याब सञ्चालनमा ल्याएको छ । ल्याबमा बिभिन्न रोगहरु डेंगु, सार्स, स्वाइनफ्लु लगायत क्यान्सर एवं शरीरको विभिन्न अंगका ट्युमरहरुको समेत परीक्षण गर्न सकिने छ ।