सनराइज बैंकद्वारा गण्डकी प्रदेशलाई ५० थान पीपीई सहयोग – Himalayan Dainik

सनराइज बैंकद्वारा गण्डकी प्रदेशलाई ५० थान पीपीई सहयोग


सनराइज बैंकद्वारा गण्डकी प्रदेशलाई ५० थान पीपीई सहयोग

काठमाडौं, २१ चैत – सनराइज बैंकको गण्डकी प्रादेशिक कार्यालयले प्रदेशभर ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहयोग गरेको छ ।

सहयोग गरेको ५० थान पीपीईमध्ये ५ थान पुनः प्रयोग गर्न मिल्ने छ । बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रवीन्द्र केसीले ५० थान पीपीई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरे । बैंकले प्रदेशमा कोरोना भाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू र सेवामा खटिने सबैको सुरक्षाका लागि सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलका अनुुसार यो समयमा पीपीईको सबैभन्दा ठूलो आवश्यकता भएकाले दुई सातासम्म पीपीईको खोजी गरी सहयोग गरेको बताए ।

मुख्यमन्त्री गुरुङले बैंकबाट प्राप्त भएका यी सामग्री सेनालाई ५ थान, प्रहरीलाई ५ थान, सशस्त्र प्रहरी बललाई ५ थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरे ।