तारा एयरद्वारा हुम्लामा खाद्यान्‍न ढुवानी – Himalayan Dainik

तारा एयरद्वारा हुम्लामा खाद्यान्‍न ढुवानी


तारा एयरद्वारा हुम्लामा खाद्यान्‍न ढुवानी

 काठमाडौं,२१ चैत –  हुम्लाको सिमकोटमा खाद्यान्न अभाव सिर्जना भएपछि तारा एयरले खाद्य सामग्री ढुवानी गरिरहेको छ । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सतर्कता अपनाउँदै ‘लकडाउन’ गरेपछि सिमीकोटमा खाद्यान्न अभाव सिर्जना भएको हो ।

नेपाल खाद्य संस्थानले खाद्यान्न सामग्री ढुवानी गरिदिन अनुरोध गरेपछि सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिई यति एयरलाइन्सको भगिनी संस्था ताराले चामल, नुनलगायत सामग्री ढुवानी गरिरहेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तोकेअनुरूप खाद्य सामग्री ढुवानी गर्ने तारा एयरले जनाएको छ ।