नायक शाहद्वारा ५ लाख सहयोग – Himalayan Dainik

नायक शाहद्वारा ५ लाख सहयोग


नायक शाहद्वारा ५ लाख सहयोग

काठमाडौं ,२१ चैत –  नायक पल शाहले पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । कोरोना भाइरसका कारण देश लकडाउनमा गएपछि काम नपाएर दैनिक जिविको पार्जनमा समस्या भएका चलचित्र प्राविधिकका लागि सहयोग स्वरुप उक्त रकम घोषणा गरेका हुन् ।

पलले आफूले सहयोग गरेको रकम वितरणका लागि चलचित्र प्राविधिक संघलाई आग्रह पनि गरेका छन् । यसअघि आजै हास्य कलाकार दीपकराज गिरी र उनको समूहले चलचित्र प्राविधिकका लागि एक लाख १० हजार रुपैयाँ सहयोग गरेका थिए