कोरोना फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिका रिहा – Himalayan Dainik

कोरोना फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिका रिहा


कोरोना फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिका रिहा

काठमाडौं ,२१ चैत – कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सुधारगृहमा रहेका १७४ बालबालिकालाई रिहा गरिएको छ । देशभरका ८ स्थानमा रहेका सुधारगृहमा रहेका उनीहरुलाई अभिभावकको जमानीमा रिहा गरिएको हो ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षी सापकोटाका अनुसार सुधार गृहका रहेका बालबालिका अभिभावकले अदालतमा निवदेन दिएको र आवश्यक परेको बेला उपस्थित गराउने सर्तमा उनीहरुलाई रिहा गरिएको हो ।

१९ गतेसम्म १७४ जना बालबालिका रिहा भए पनि लकडाउनका कारण सबै सूचना संकलनमा कठिनाई भएको उनले बताए । यस्तै सर्वोच्चको आदेशअनुसार १ वर्षभन्दा कम सजाय बाँकी रहेका अन्य ११२ जना समेत विभिन्न कारागारबाट रिहा भएका छन् ।

सापकोटाले भने,“सरकारी वकिलमार्फत अदालतमा निवेदन दिएपछि अदालतले जे आदेश दिन्छ त्यही हामीले मान्ने हो । जेष्ठ नागरिकको विवरण संकलन गरिरहेका छौं तर उनीहरुको हकमा कुनै निर्णय भइसकेको छैन ।” कारगारमा पछिल्लो समय भेटघाटमा समेत कडाइ गरिएको छ ।