२१ जना कैदीबन्दी थुनामुक्त – Himalayan Dainik

२१ जना कैदीबन्दी थुनामुक्त


२१ जना कैदीबन्दी थुनामुक्त

कोहलपुर, २० चैत – जिल्ला प्रहरी कार्यालय बाँकेले थुनुवाको संख्या धेरै भएपछि २१ जनालाई थुनामुक्त गरेको छ । राख्ने ठाउँको अभाव भएपछि बाँके प्रहरीले सामान्य कसुरमा पक्राउ परी थुनुवा कक्षमा रहेका २१ जनालाई थुनामुक्त गरेको हो ।

थुनुवाहरु संख्या धेरै हुँदा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सामान्य मुद्दा चलेकालाई पुनः हाजिर हुनेगरी थुनामुक्त गरिएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए ।