कोरोना नियन्त्रण कोषलाई आयल निगमको ५० करोड सहयोग – Himalayan Dainik

कोरोना नियन्त्रण कोषलाई आयल निगमको ५० करोड सहयोग


कोरोना नियन्त्रण कोषलाई आयल निगमको ५० करोड सहयोग

काठमाडौँ, २० चैत – सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । सहयोग रकमको चेक बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।