सागकी स्वर्ण विजेता अनुले छाडिन् एपीएफ – Himalayan Dainik

सागकी स्वर्ण विजेता अनुले छाडिन् एपीएफ


सागकी स्वर्ण विजेता अनुले छाडिन् एपीएफ

 काठमाडौँ ,२० चैत – घरेलु भूमिमा सम्पन्‍न भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) की स्वर्ण विजेता अनु अधिकारीले विभागीय क्लब एपीएफ छाडेकी छन् । उनको दुई साताअघि राजीनामा स्वीकृत भएको हो ।

अनु विसं २०६८ देखि २०६९ सम्ममा खेलाडीका रुपमा कन्ट्रयाकटमा  बसेकी थिइन् । यद्यपि उनले एपीएफको ६ वर्षयता जागिरे पनि हुन् । अनुले एपीएफमा रहेर उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

“नेपालमा खेलाडीहरुलाई जिउने राम्रो माध्यम विभागीय क्लब हो । मैले एपीएफमा रहेर धेरै सफलता हात पारें । मेरो सफलताको पछि एपीएफको ठूलो भूमिका छ । मेरो अघिल्लो पढाइ तथा व्यवहारिक जीवनका लागि एपीएफ छोडेकी हुँ,” अनुले भनिन् ।

अनुले सन् २०१० देखि भएका राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भने उनी दोस्रो भइन् । १६ वर्षकी हुँदा बंगलादेशमा २०१० मा भएको ११औँ सागमा उनले रजत पदकमा जिताएकी थिइन् ।