मन्त्री अर्यालद्वारा राष्ट्रिय सहकारी दिवसको शुभकामना – Himalayan Dainik

मन्त्री अर्यालद्वारा राष्ट्रिय सहकारी दिवसको शुभकामना


मन्त्री अर्यालद्वारा राष्ट्रिय सहकारी दिवसको शुभकामना

काठमाडौँ, २० चैत – भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमार अर्यालद्वारा ६३औं राष्ट्रिय सहकारी दिवसको सम्पूर्ण सहकारी संघसंस्था, सहकारीकर्मी, सहकारी अभियानमा सम्लग्न सरोकारवालाहरु तथा यस क्षेत्रमा कार्यरत सवै राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै स्वावलम्बन र पारस्परिकताको माध्यमवाट छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकीकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्ने विशेष व्यावसायिक विधि सहकारीता भएको उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘यो विपन्नहरु आफै मिलि सम्पन्नताको लागि गरिने आर्थिक, सामाजिक जागरणको अभियान पनि हो । यो अभियानले “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य भेदन गर्न सहयोग पुग्नेछ भन्ने अपेक्षा गरेको छु । संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण आधार स्तम्भको रुपमा स्वीकार गरेको छ । संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी तल्लो तहदेखि नै विकास, नियमन, प्रवद्र्धन र प्रशिक्षणका क्रियाकलापहरुलाई अझै सशक्त एवं फराकिलो बनाएको छ ।’

संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न, सहकारी मार्फत ठूलो स्तरका उत्पादन, सेवा तथा वितरण सम्बन्धी आयोजना, उद्योग कलकारखाना सञ्चालनगर्नु आवश्यक रहेको उहाँले बताउनुभएको छ । परम्परागत सहकारीको ढांचा परिवर्तन गरी सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउनु उत्पादन र रोजगारीसंग जोड्नु अहिलेको समयको माग रहेको औंल्याउँदै उहाँले सहकारीको पहुँच नपुगेको दुर्गम स्थान र विपन्न वर्गलाई सहकारीतामार्फत स्वारोजगारका अवसर दिलाई जीविकोपार्जनका आधारहरु सवल र फराकिलो बनाउन उनीहरुमा रहेको स्रोत, साधन र सीपको समुचित परिचालनमा सहयोग पु¥याउन पनि त्यतिकै जरुरी रहेको उल्लेख गर्नुभयो ।

आगामी दिनमा मुलुकको अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशिल हुँदै जाने विश्वास व्यक्त गर्दै उहाँले कोभिड—१९ कोरोनाभाईरसको सन्त्रासले निम्त्याएको विपदको यस घडीमा राष्ट्रव्यापी संजाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको संप्रेषण र सहजिकरण गर्न पर्ने खांचो रहेको उल्लेख गर्नुभएको छ ।