मलेसिया सरकारको महिलालाई अनौठो प्रस्ताव – Himalayan Dainik

मलेसिया सरकारको महिलालाई अनौठो प्रस्ताव


मलेसिया सरकारको महिलालाई अनौठो प्रस्ताव

एजेन्सी, २० चैत – मलेसिया सरकारले कोरोनाभाइरसका कारण जारी लकडाउनका सन्दर्भमा आफ्नो देशका महिलाहरुलाई निकै अनौठो सल्लाह दिएको छ । लकडाउनको क्रममा दिइएको सरकारको यो सल्लाहलाई महिला विरोधी भन्दै निकै आलोचना पनि भइरहेको छ ।

मलेसियाको महिला तथा परिवार कल्याण मन्त्रालयले लकडाउनको क्रममा घरबाटै काम गरिरहेकी पत्नी तथा आमाहरुको लागि घरमा उत्पादनशील रहन र शान्ति बनाइराख्नको लागि एडभाइजरी जारी गरेको हो ।यसैको एक पोस्टरमा महिलाहरुलाई घरबाट काम गर्ने क्रममा सामान्य दिनमा जस्तै मेकअप गरेर सजिने र राम्रा कपडा लगाउन सल्लाह दिइएको छ ।

मन्त्रालयले लकडाउनलाई विदा भन्दै लेखेको छ ‘आमाको लागि यति लामो विदा र घरबाट काम गर्नु कठिन हुन सक्छ किनकि अक्सर उनीहरुको ध्यान भट्किन्छ ।’ यद्यपि आलोचनापछि यो पोस्टलाई हटाइएको छ ।

महिला संगठनहरुले मन्त्रालयको यो एडभाइजरीको आलोचना गरेका छन् । अल वुमन्स एक्सन सोाइटीले भनेको छ ‘महिलाहरुसँग मेकअप गर्ने र राम्री देखिने भन्दा बाहेक अरु पनि धेरै काम हुन्छन् ।