एजेन्सी, २० चैत – स्पेनमा कोरोना संक्रमित नेपालीको संख्या ७ पुगेको छ । थप ३ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि सँगै संक्रमित नेपालीको संख्या ७ पुगेको हो ।
क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।संक्रमितमध्ये ६ जना पुरुष र एक महिला छन् । उपचाररत अन्य ३ जनाको स्वास्थ्यमा पनि उल्लेख सुधार आएको बताइएको छ ।
समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गर्न लागिएको राना भाटले बताए । हालसम्म स्पेनमा १ लाख ४ हजार १ सय १८ जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ । त्यस्तै २२ हजार ६ सय ४७ जना पूर्ण स्वास्थ्यलाभ गरी घर फर्केका छन्।