भारत ,२० चैत – भारतमा कोरोना संक्रमणबाट एकैदिन २३ जनाको मृत्यु भएको छ।
भारतमा कोरानका कारण सबैभन्दा बढीको मृत्यु भएको यो पहिलो घटना हो । अघिल्लो दिन ३ जनाको मात्र मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा यो संख्या बढेर थप २३ जनाको मृत्यु भएको छ । एकैदिन भारतमा ६ सय १ जना संक्रमित भेटिएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो।
योसँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ।भारतमा कोरोना भाइरसको जोखिम रोक्न भारतीय प्रधानमन्त्रीले यसअघि नै तीन हप्ताको लकडाउन घोषणा गरेका छन् प्रभावित राज्यहरुमा उच्च सतर्कता अपनाइएको छ।