एनएमबि बैंकबाट गरेको भुक्तानीको १५ प्रतिशत कोरोनाविरुद्ध राहत कोषमा – Himalayan Dainik

एनएमबि बैंकबाट गरेको भुक्तानीको १५ प्रतिशत कोरोनाविरुद्ध राहत कोषमा


एनएमबि बैंकबाट गरेको भुक्तानीको १५ प्रतिशत कोरोनाविरुद्ध राहत कोषमा

काठमाडौं ,१९ चैत – एनएमबि बैंकको कोरोना कोषमा योगदान पुर्याउन सस्तो डिलरसँग सहकार्य गरेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग  पुर्याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलरसँग साझेदारी गरेको हो ।

साझेदारी अनुसार समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यूआर कोडमार्फत् सस्तो डिलमा गरिएको भुक्तानीको १५ प्रतिशत रकम सरकारी निर्देशन अनुरुप कोभिड–१९ सहायता कोषमा योगदान गरिनेछ ।