ओलम्पिकका कारण विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२२ मा हुने – Himalayan Dainik

ओलम्पिकका कारण विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२२ मा हुने


ओलम्पिकका कारण विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२२ मा हुने

एजेन्सी, १९ चैत – एजेन्सी  कोरोना  भाइरसका कारण टोकियो ओलम्पिक एक वर्ष सरेपछि २०२१ मा हुने तय भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिप पनि २०२२ मा हुने हुने भएको छ ।

विश्व एथ्लेटिक्सले टोकियो ओलम्पिकाको नयाँ मिति सार्वजनिक गरेपछि उक्त च्याम्पियनसिप पनि एक वर्षका लागि सारेको हो । यसअघि विश्व एथ्लेटिक्स च्याम्पियनसिप २०२१ अगस्ट ६ देखी १५ सम्म अमेरिकामा आयोजना हुने तय भएको थियो ।

“हामी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीद्वारा घोषणा गरिएको टोकियो ओलम्पिकको नयाँ मितिको समर्थन गर्छौं,” विश्व एथ्लेटिक्सले भन्यो, “यसले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागिता जनाउन र प्रशिक्षणका लागि समय मिल्नेछ । यसका लागि सबै समर्थन हुन जरुरी छ ।”

यस्तै विश्व एथ्लेटिक्सले च्यम्पियनसिपको नयाँ मितिका लागि आयोजकसँग छलफल गरिरहेको समेत जानकारी दिएको छ ।