नयाँदिल्लीका मुख्यमन्त्रीद्वारा स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँको क्षतिपूर्तिको घोषणा – Himalayan Dainik

नयाँदिल्लीका मुख्यमन्त्रीद्वारा स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँको क्षतिपूर्तिको घोषणा


नयाँदिल्लीका मुख्यमन्त्रीद्वारा स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँको क्षतिपूर्तिको घोषणा

भारत ,१९ चैत – छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमतिको संख्या बढेपछि नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार कोभिड–१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मृत्यु भएपछि उक्त क्षतिपूर्ति परिवारलाई प्रदान गरिनेछ ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघिसकको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा ३८ कोराना संक्रमितको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन् । – बीबी