कोरोना दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती : संयुक्त राष्ट्र महासचिव – Himalayan Dainik

कोरोना दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती : संयुक्त राष्ट्र महासचिव


कोरोना दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती : संयुक्त राष्ट्र महासचिव

एजेंसी १९ चैत –|संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले कोरोनाभाइरस संक्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् । उनले यो संक्रमणले विश्वभर नै अहिलेसम्म नदेखिएको मन्दी ल्याउनेसमेत बताएको बीबीसीले जनाएको छ ।

महासचिव गुटरेशले कोरोनाभाइरस संक्रमणको सम्भावित सामाजिक र आर्थिक प्रभावका सन्दर्भमा जारी प्रतिवेदन दौरान यस्तो बताएका हुन् । न्यूयोर्क सिटीमा अवस्थित राष्ट्रसंघीय मुख्यालयमा प्रतिवेदन जारी गर्दै गुटरेशले भने, “कोरोनाभाइरसको आक्रमण मानिसहरुको जीवन र जीविकासँग जोडिएको छ ।”

कोरोनाभाइरस संक्रमणबाट विश्वभरी आठ लाख ५७ हजारभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । यस्तै मर्नेको संख्या ४२ हजारभन्दा बढी पुगिसकेको छ । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ ।  अमेरिकामा एकलाख ८८ हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । तीनहजार आठ सयभन्दा बढी अमेरिकी नागरिकले भाइरसको संक्रमणबाट ज्यान गुमाउनु परेको छ ।

इटलीमा मर्नेको संख्या सबैभन्दा धेरै छ । अहिलेसम्म इटलीमा १२ हजारभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ