स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने – Himalayan Dainik

स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने


स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने

डोटी ,१९ चैत – कोभिड –१९ को सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दिपायल सिलगढी नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । नगरपालिकाले जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मीको तलब स्केलको २५ प्रतिशत सो  भत्ता प्रदान  गर्ने निर्णय गरेको नगर प्रमुख मञ्जु मलासीले बताइन् ।

उनका अनुसार लकडाउन अवधिमा सबै स्वास्थ्य संस्थालाई इन्धन तथा  भाइरसका सम्भावित बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउने खर्च नगरपालिकाले उपलब्ध गराउने निर्णयसमेत गरेको छ । नगरपालिकाले लकडाउनको समयमा घरभित्रै रहन आह्वान गर्दै स्वास्थ्य समस्या आएमा नजीकको स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेको छ  । रासस