सडकका २०० प्रहरीलाई बिभिन्न सामाग्री हस्तान्तरण – Himalayan Dainik

सडकका २०० प्रहरीलाई बिभिन्न सामाग्री हस्तान्तरण


सडकका २०० प्रहरीलाई बिभिन्न सामाग्री हस्तान्तरण

भक्तपुर, १८ चैत – सरकारले घोषणा गरेको लकडाउनको पालना गराउन चर्कोघाममा दिनभर सडकमा डियुटीमा खटिएका प्रहरीलाई सडकमै पुगेर खानेकुरादेखि पन्जासम्म वितरण गरिएको छ ।

नेपाल दशनामी समाज भक्तपुरका युवा अध्यक्ष एवं भक्तपुर मोटर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरका अध्यक्ष गोकुल वनले आज सडक मै गएर नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीलाई सामाग्रीहरु प्रदान गर्नुभएको हो ।

जडिबुटीदेखि मध्यपुरथिमि, सूर्यविनायक, जगातीहुदै साँगासम्म डियुटीमा खटिएका करिब २०० प्रहरीलाई हातमा लाउने ग्लोभ्स् (पञ्जा), मास्क, पिउने पानी र खाजाको प्याकेट वितरण गरेको हो ।

“कोरोना भाईरसको महामारी फैलिन नदिन सरकारले २५ गतेसम्मका लागि लकडाउन गरेपछि अधिकांश मानिस घर मै बसेका छन्, तर सुरक्षाका लागि सडकमा खटिएका प्रहरीहरुले किनेर पानी र खाजा खाने ठाउँ पनि छैन, त्यसैले उनीहरुका लागि सामानहरु प्रदान गरेका हौ” अध्यक्ष वनले भन्नुभयो । रमेश गिरी