आईपीएल स्थगित भए बीसीसीआईलाई ठुलो घाटा हुन सक्ने – Himalayan Dainik

आईपीएल स्थगित भए बीसीसीआईलाई ठुलो घाटा हुन सक्ने


आईपीएल स्थगित भए बीसीसीआईलाई ठुलो घाटा हुन सक्ने

एजेन्सी ,१८ चैत – कोरोना भाइरसका कारण १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट स्थगित हुने लगभग निश्चित जस्तै छ । २९ मार्चबाट सुरु हुने भनिएको प्रतियोगिता १५ अप्रिलसम्मका लागि स्थगित गरिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भने यस संकरणको प्रतियोगिता नहुने कुनै आधिकारिक घोषणा गरेको छैन । रिपोर्टका अनुसार बीसीसीआई आईपीएल स्थगितको घोषणाभन्दा पहिले भिसा सम्बन्धमा भारत सरकार र खेल मन्त्रालयको घोषणाको पर्खाइमा रहेको बताइएको छ ।

भारत सरकारले १५ अप्रिलसम्म कुनै पनि विदेशी व्यक्तिको आगमनलाई प्रतिबन्ध लगाएको छ । जानकारीका अनुसार यदि यस वर्षको आईपीएल नभए अर्को वर्ष आईपीएलका लागि ठूलो लिलामी हुने छैन । यदि आईपीएल स्थगित भए फ्रेन्चाइजको ७ हजार ५ सय करोड भारतीय रुपैयाँ कटौती हुन सक्नेछ । यसमा बीसीसीआई समेत घाटा हुनेछ । अमेरिकी बैंक डिभिजन बोफा सेक्युरिटीको एक रिपोर्टअनुसार बीसीसीआईलाई लगभग ४ हजार करोड घाटा हुन सक्नेछ ।