टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक – Himalayan Dainik

टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक


टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक

एजेन्सी ,१८ चैत – टोकियो ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको छ । कोरोना भाइरसका कारण एक वर्ष सरेको ओलम्पिकको नयाँ मिति सार्वजनिक भएको हो ।

नयाँ मितिअनुसार अब टोकियो ओलम्पिक २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भइरसका कारण यसअघि जुलाई २४ बाट आयोजना हुने भनिएको ओलम्पिक स्थगित गरिएको हो ।

यसअघि एक वर्षका लागि ओलम्पिक सार्न जापानी प्रधानमन्त्री सिञ्जो आवेलगायत विभिन्न राष्ट्रले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई प्रस्ताव गरेका थिए । उक्त घोषणा अन्तर्राष्ट्रिय ओलम्पिक समिति, जापानी सरकार, टोकियो महानगरपालिका र स्थानीय आयोजक समितिको संयुक्त निर्णयपछि भएको हो।