साना किसान लघुवित्तद्वारा कोरोनाविरुद्ध राहत कोषमा १० लाख सहयोग – Himalayan Dainik

साना किसान लघुवित्तद्वारा कोरोनाविरुद्ध राहत कोषमा १० लाख सहयोग


साना किसान लघुवित्तद्वारा कोरोनाविरुद्ध राहत कोषमा १० लाख सहयोग

काठमाडौं, १८ चैत्र –  साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको बैंकले जानकारी दिएको छ ।