एक हजार भन्दा बढि परीक्षण, ५ बहेक सबै नेगेटिभ – Himalayan Dainik

एक हजार भन्दा बढि परीक्षण, ५ बहेक सबै नेगेटिभ


एक हजार भन्दा बढि परीक्षण, ५ बहेक सबै नेगेटिभ

 काठमाडौं,१८ चैत – नेपालमा भाइरसको संक्रमण जाँच्न अहिलेसम्म नेपालमा १ हजार ६० वटा परीक्षण गरिएको छ। त्यस मध्ये १ हजार ५५ वटा परीक्षण नेगेटिभ देखिएको छ। अहिलेसम्म ५ जनामा संक्रमण देखिएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

संक्रमित भएका ५ जना मध्य चार जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक जना निको भएर घर फर्किसकेका छन्। संक्रमित पाँचै जना विदेशबाट नेपाल फर्किएका हुन्।हाल भाइरसको संक्रमण विश्वका २ सय देशमा फैलिसकेको छ।

विश्वभर ७ लाख ९९ हजार ७ सय ४१ जना संक्रमित भएका छन् भने ८ हजार ७ सय २१ जनाले ज्यान गुमाइसकेका छन्। त्यस्तै संक्रमित भएका १ लाख ६९ हजार ९ सय ९५ जना निको भएर घर फर्किसकेका छन्।