काठमाडौँसहित देशभर वायुको गुणस्तरमा सुधार – Himalayan Dainik

काठमाडौँसहित देशभर वायुको गुणस्तरमा सुधार


काठमाडौँसहित देशभर वायुको गुणस्तरमा सुधार

काठमाडौँ, १८ चैत – काठमाडौँ उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो । कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौँसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ ।

सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको हो । काठमाडौँको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण (२.५ पीएम)को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ ।

‘लकडाउनको सुरुका ३–४ दिन प्रदूषण खासै घटेको थिएन’, विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘शनिबारदेखि भने निकै सुधार भएको छ । राष्ट्रिय मापदण्डभन्दा पनि निकै कम देखिएको छ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।