कोरोना प्रभावितका लागि अभिनेता अक्षय कुमारले गरे ४० करोड सहयोग – Himalayan Dainik

कोरोना प्रभावितका लागि अभिनेता अक्षय कुमारले गरे ४० करोड सहयोग


कोरोना प्रभावितका लागि अभिनेता अक्षय कुमारले गरे ४० करोड सहयोग

काठमाडौँ, १७ चैत – कोरोनाभाइरसका संकटबीच अभिनेता अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड भारु (४० करोड रुपैयाँ) सहयोग गरेका छन् । उनकी श्रीमती ट्विंकल खन्नाले उनको यो कदमको तारिफ गर्र्दै उनलाई आफ्ना श्रीमानमाथि गर्व भएको बताएकी छिन् ।

ट्विंकलले अक्षय कुमारको ट्वीटलाई री–ट्वीट गर्दै लेखेकी छिन्, ‘मलाई यी व्यक्तिमाथि गर्व छ । जब मैले उनलाई हामीले यसो गर्न आवश्यक छ भन्ने प्रश्न सोधेकी थिएँ किनभने यो निकै ठूलो रकम हो । यसको जवाफमा उनले यतिमात्रै भने, ‘जब मैले सुरुवात गरेको थिएँ तब मसँग केही पनि थिएन अब अहिले म यो अवस्था छु तसर्थ जसको केही पनि छैन, उनीहरुको सहयोगका लागि म कसरी पछि हट्न सक्छु ?’