कोरोनाविरुद्धको राहत कोषमा नायीका वर्षाको एक लाख सहयोग – Himalayan Dainik

कोरोनाविरुद्धको राहत कोषमा नायीका वर्षाको एक लाख सहयोग


कोरोनाविरुद्धको राहत कोषमा नायीका वर्षाको एक लाख सहयोग

काठमाडौँ, १७ चैत – सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा नायिका वर्षा सिवाकोटीले एक लाख रुपैयाँ सहयोग गर्ने भएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोष्ट गर्दै उनले सहयोग गर्न लागेको बताएकी हुन् । कोरोनाको त्रासका कारण देशमा एक साताको लागि लकडाउन गरिएको छ । लकडाउनको समयमा दैनिक मजदुरी गरेर खानेहरुको लागि निकै समस्या परिरहेको छ । सोही व्यक्तिहरुको लागि भन्दै नायिका सिवाकोटीले व्यक्तिगत तर्फबाट एक लाख सहयोग गर्न लागेको उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छिन्, ‘मेरो इच्छा छ कि, यो पैसा दैनिक काम गरेर जीवन गुजारा गर्नेहरुलाई जाओस् ।’ आफैँलाई त्यहाँ गएर राहत दिने रहर भएपनि यस्तो अवस्थामा बाहिर निस्किन नसकिने भन्दै उनले सरकारलाई नै सहयोग गरेको बताएकी छिन् ।