कोरोनाविरुद्धको राहत कोषमा गायक बद्री पंगेनीको ५० हजार सहयोग – Himalayan Dainik

कोरोनाविरुद्धको राहत कोषमा गायक बद्री पंगेनीको ५० हजार सहयोग


कोरोनाविरुद्धको राहत कोषमा गायक बद्री पंगेनीको   ५० हजार सहयोग

काठमाडौँ, १७  चैत –  लोक दोहारी गायक बद्री पंगेनीले  सरकारले कोरोना भाइरस रोकथामका लागि खडा गरेको कोषमा ५० हजार  रुपैयाँ सहयोग गरेका छन् ।

गायक पंगेनीले  राष्ट्रिय बाणिज्य बैंकमार्फत उक्त कोषमा रकम दाखिला गरेका हुन् । सबैको सानोसानो सहयोगले सरकारलाई अहिलेको बिपतबाट पार पाउन सजिलो हुने उनको धारण रहेको छ । यो लक डाउनमा आफुले पुस्तक पढ्ने, फिल्म हेर्ने र नयाँ गीत बनाउनेमा समय बिताइरहेको पंगेनीले जानकारी दिएका छन  ।