मुख्यमन्त्री पौडेलद्वारा कोरोना भाइरस नियन्त्रणमा लाग्न सांसदलाई निर्देशन – Himalayan Dainik

मुख्यमन्त्री पौडेलद्वारा कोरोना भाइरस नियन्त्रणमा लाग्न सांसदलाई निर्देशन


मुख्यमन्त्री पौडेलद्वारा कोरोना भाइरस नियन्त्रणमा लाग्न सांसदलाई निर्देशन

काठमाडौँ, १६ चैत – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस नियन्त्रणमा लाग्न प्रदेश सभा सदस्यलाई आग्रह गरेका छन् ।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रणका लागि आफूमातहतका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूसँग समन्वय गरी पछिल्लो समय भारतलगायत अन्य देशबाट आएका व्यक्तिको तथ्यांक संकलन गरी आवश्यक कामकारबाही गर्ने कामको नेतृत्व गर्न प्रदेश सभा सदस्यहरूलाई अनुरोध गरेका हुन् । उनले स्थानीय तहको जानकारी प्रदेशको कोरोना भाइरस नियन्त्रण उच्चस्तरीय समन्वय समिति एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराउन अनुरोध गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले बताए ।

मुख्यमन्त्री पौडेलले विषम परिस्थितिको मौका लिई कालाबजारी गर्नेको समेत पहिचान गरी प्रदेशको उच्चस्तरीय बजार अनुगमन समितिलाई खबर गर्नसमेत अनुरोध गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।