झापाका अस्पतालले बिरामी लिन मानेनन् – Himalayan Dainik

झापाका अस्पतालले बिरामी लिन मानेनन्


झापाका अस्पतालले बिरामी लिन मानेनन्

काठमाडौँ, १५ चैत – २५ फागुनमा छिमेकीको घरमा लड्दा कन्काई नगरपालिका–१ का चित्रबहादुर दर्जी (४०) चार दिनअघि अचेत भए । परिवारजनले नजिकैको क्लिनिक लगे । उसले मेची अस्पताल पठायो । तर, मेची अस्पतालले ढोकै खोलेन । अत्तालिएका आफन्त अचेत दर्जीलाई बोकेर भद्रपुरमा रहेको ओम साई पाथीभरा अस्पताल पुगे । यसले पनि भर्ना लिए । त्यसपछि उनीहरू बी एन्ड सी अस्पताल पुगे । त्यहाँ गेटबाट भित्र छिर्नै दिइएन ।

शुक्रबार यो समाचार तयार पार्दासम्म उनी अचेत नै छन् । कोरोनाको त्रास भन्दै यसरी अस्पतालले विरामी हेर्न छाडेपछि सर्वसाधारण उपचार पाउनबाट वञ्चित भएका छन् । ‘मेची अस्पताल पु¥याउँदा यहाँ हुँदैन भन्दै झ्याप्पै ढोका थुनिदिए । त्यसपछि ओम साई पाथीभरा अस्पताल भद्रपुर लग्यौँ । त्यहाँ पनि मानेनन् । बी एन्ड सीले त झन् गेटभित्रसमेत पस्न दिएन । कराउँदै बाहिर निकाल्दिए,’ दर्जीकी श्रीमती देवीले नयाँ पत्रिकासँग रुँदै भनिन्, ‘अब कहाँ लैजाऊँ गयौँ । त्यहाँ पनि डाक्टर नभएको भन्दै फर्काए,’ बिरामीका आफन्त कोषराज कटुवालले भने, ‘ अहिले नानी गम्भीर छ । उपचार भइरहेको छैन ।’