चीन उड्यो नेपाल एयरलाइन्स चिकित्सा सामग्री लिन – Himalayan Dainik

चीन उड्यो नेपाल एयरलाइन्स चिकित्सा सामग्री लिन


चीन उड्यो नेपाल एयरलाइन्स चिकित्सा सामग्री लिन

काठमाडौं, १५ चैत– चीनबाट कोरोना भाइरस परिक्षणका लागि आवश्यक किट्स, पिपिइ, औसधि र अन्य मेडिकल उपकरण ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन प्रस्थान गरेको छ ।

निगमका अपरेसन विभाग प्रमुख दिपु जुहार्चनले उक्त जहाज आज साढे १२ बजे चिनको गोन्झाउका प्रस्थान गरेको बताउनुभयो । जहाजमा निगमका उडान दलका १० जना सदस्य रहेका छन् । निगमको जहाज स्थानीय समय अनुसार साझको ६ बजेर ५५ मिनेटमा पुग्नेछ । करिब २ घन्टा मेडिकल सामग्री लोड गरेपछि स्थानीय समय अनुसारत रातिको ८ बजेर ५५ मिनेटमा नेपालका लागि उडान गर्नेछ । मेडिकल सामाग्रीको भार ३० टन भन्दा केही कम हुनेछ ।

चीनमा रहेका निगमका लोड समुहले नै मेडिकल सामाग्री जहाजमा राख्नेछन । उक्त जहाज नेपाली समय अनुसार राती करिब साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जुहार्चनले जानकारी दिनुभयो ।