घरमै बसेर कोरोनाबाट बच्न अभिनेता प्रदीपको आग्रह – Himalayan Dainik

घरमै बसेर कोरोनाबाट बच्न अभिनेता प्रदीपको आग्रह


घरमै बसेर कोरोनाबाट बच्न अभिनेता प्रदीपको आग्रह

काठमाडौँ, १५  चैत – अभिनेता प्रदीप खड्काले कोरोना भाइरस (कोभिड–१९)को कारण सरकारले गरेको ‘लकडाउन’ को निर्णयलाई स्वागत गर्दै सम्पूर्ण नेपालीलाई घरमै बसेर उच्च सर्तकता अपनाउन अपिल गरेका छन् ।

प्रदीपले एक भिडियो सन्देशमार्फत् उच्च सर्तकता अपनाउन सर्वसाधारणलाई अनुरोध गर्दै उनले भनेका छन्, ‘यदी कसैलाई कोरोनाको लक्षण देखिएको छ भने सर्तक रहनुस् । आइसुलेसनमा बस्नुस् । अहिलेको अवस्थामा आफूले आफूलाई जोगाऊँ । भीडभाडबाट आफूलाई टाढा राख्नुहोस् ।’

‘लकडाउन’मा आफुले पनि परिवारसँग समय विताइरहेको बताएका प्रदीपले सर्वसाधारणलाई पनि परिवारसँग समय मिताउन र बाहिरका मानिससँग सम्पर्कमा नरहन अनुरोध गरेका छन् ।