प्रेस संगठन नेपाल र माछापुच्छ्रे बैंक सहकार्यमा हात धुने पानी टेंकी राखियो – Himalayan Dainik

प्रेस संगठन नेपाल र माछापुच्छ्रे बैंक सहकार्यमा हात धुने पानी टेंकी राखियो


प्रेस संगठन नेपाल र माछापुच्छ्रे बैंक  सहकार्यमा हात धुने पानी टेंकी राखियो

भक्तपुर, १४ चैत – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि माछापुच्छ्रे बैंक र प्रेस संगठन नेपाल भक्तपुर जिल्ला कमिटीको सहकार्यमा सल्लाघारी चोकमा नेपाल प्रहरीसहित आम नागरिकलाई साबुन पानीले हात धोऔं, सुरक्षित बनौं भन्ने सन्देश सहितको स्टिल टेंकी राख्ने काम सम्पन्न भएको छ ।

आज प्रेस संगठन नेपालको आयोजना, माछापुच्छ्रे बैंकको प्रायोजन तथा नागरिक हेल्थ ट्रष्ट गठ्ठाघरको सहकार्यमा हात धुने टेंकीको साथमा ग्लोभलगायतका सामग्रीहरु डिउटीमा खटिएका प्रहरीलाई वितरण गरिएको छ ।

नेपाल सरकारले घोषणा गरेको ‘लकडाउन’लाई आत्मसात् गर्दै सिमित व्यक्तिको उपस्थितीमा दुरी व्यवस्थापन सहित उक्त सामग्रीहरु प्रहरीलाई सामाग्री हस्तान्तरण गरिएको हो । वितरणको क्रममा दुरी व्यवस्थापन गर्न दुई-दुई मिटरको दरमा गोलो घेरा बनाई सन्देशमूलक तवरले व्यवस्थापन गरिएको थियो । दैनिक रुपमा सवैभन्दा बढी जोखिम बहन गरी राज्य तथा जनतालाई सुरक्षा प्रदान गरिरहेको प्रहरीलाई कोरोना संक्रमणको समेत उच्च जोखिम रहेको देखिएकोले समयमा उक्त समस्यालाई केही मात्रामा भएपनि राहत महशुस गराउने उद्देश्यका साथ सो सामग्रीको व्यवस्थापन गरिएको हो ।

हात धुने पानी टेंकीको व्यवस्थापन भएपछि प्रहरीले खुसी व्यक्त गर्दै यस्तो संकटको समयमा समेत प्रेस संगठनले व्यवस्थित रुपमा सामाजिक कार्य गरेकोमा खुसी व्यक्त गर्दै निरन्तर सहयोग तथा सहकार्यको अपेक्षा रहेको बताएका छन् ।

 

 

नागरिक हेल्थ ट्रष्ट फण्डले समेत कारोना भाइरस आउनै नदिनका लागि नागरिक सचेतना कार्यक्रम अन्तर्गत पर्चा पम्प्लेट, ब्यानरहरु र भिडियो क्लिप मार्फत भक्तपुर जिल्लालाई केन्द्रीत गरि कार्यक्रमहरु गर्दै आएको छ । ट्रष्टको अग्रसरतामा भक्तपुर जिल्लाका ५ वटा मुख्य चौकमा हात धुने ब्यबस्था मिलाइने भएको छ । जसमा कैशलटार, सल्लाघारीलगायतका केही ठाउँमा व्यवस्था भएको छ भने केही व्यवस्था गर्न बाँकी रहेको छ । बाँकी रहेका ठाउँमा  समेत तत्काल राखिने भएको छ ।