चिकित्सकलाई प्रम ओलीको चार बुँदे सन्देश : ‘सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔँ’ – Himalayan Dainik

चिकित्सकलाई प्रम ओलीको चार बुँदे सन्देश : ‘सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔँ’


चिकित्सकलाई प्रम ओलीको चार बुँदे सन्देश : ‘सरकार तपाईहरुसँगै छ, चिन्तित नहोऔँ’

काठमाडौँ, १४ चैत – प्रधानमन्त्री केपी ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९)को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई सरकार साथमा रहेकोले चिन्तित नहुन आग्रह गर्नुभएको छ ।

बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सङ्कटको यो समयमा बिरामीको सेवामा खटिरहेका स्वास्थ्यकर्मीको साथमा सरकार रहेको बताउनुभएको हो । साथै प्रधानमन्त्री ओलीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चिन्तित नहुन आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीको चार बुँदे सन्देश

१. चिकित्सक तथा प्राविधिक साथीहरु हाल मौज्दात सामग्रीको आधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ ।
२. तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् धैर्य गरौँ ।
३. कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ ।
४. सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔँ ।