संयम बनौं, एशियामा कोरोनाको संक्रमण भयभितै हुने खालको छैन : मुख्यमन्त्री पोखरेल – Himalayan Dainik

संयम बनौं, एशियामा कोरोनाको संक्रमण भयभितै हुने खालको छैन : मुख्यमन्त्री पोखरेल


संयम बनौं, एशियामा कोरोनाको संक्रमण भयभितै हुने खालको छैन : मुख्यमन्त्री पोखरेल

काठमाडौँ, १३ चैत – प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले एशियाका नागरिकमा संक्रमण र त्यसको निदानको अवस्था भयभितै हुने खालको नभएको बताउनुभएको छ ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणले विश्व नै भयवित भइरहेको प्रशंगलाई कोट्याउँदै उहाँले विज्ञहरुले उक्त भयलाई हटाउन र विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उक्त कुरामा जोड दिनुभएको हो । उहाँले भन्नुभएको छ, एशियामा कोरोना भाइरसको संक्रमण र निदानको अवस्था भयभितै हुने खालको छैन । विज्ञहरुले यस सन्दर्भमा उत्पन्न भय हटाउन पहल गर्नुपर्यो ।’

विकसित मुलुकहरुमा महामारिको रुपमा मात्र नभई अर्थतन्त्रलाई नै तहसनहस पर्ने गरी व्यापक मात्रामा फैलिएको कोरोना भाईरसको संक्रमणले एसियामा ठूलै समस्या उत्पन्न गराउन सकेको छैन । जसमा हाम्रो मुलुक नेपालमा भने हालसम्म तीन जनामा मात्र संक्रमण देखिएको त्यसमा पनि एक जना पूर्णरुपमा स्वस्थ भई घर पर्किएका छन् । त्यसलाई नै लक्षीत गर्दै उहाँले भयको वातावरणलाई हटाई संयम र सर्तकका साथ सरकारले गरेको लकडाउनको कार्यलाई साथ दिन आग्रह गर्नुभएको छ ।